ब्लड क्यान्सर पिडीत बालकलाई सहयोग

  सिलिचुङ सम्बाददाता

क्यान्सर पिडित बालक सविन राई

 

भोजपुर । ब्लड क्यान्सर रोगबाट ग्रसित टेम्केमैयुङ गाउँपालिका ८, गोगनेका ५ वर्षिय सविन राईको उपचारार्थ आर्थिक सहयोग जुटेको छ । पिडीत बालकको उपचारका लागि ३ जनाले आर्थिक सहयोग गरेका हुन् ।
बालकको थप उपचारार्थ भोजपुर नगरपालिका ११ आम्तेकका सुनिता राईले ५ हजार, टेम्केमैयुम गाउँपालिका ३, अन्नपूर्णका सुरज राईले १० हजार र पाँचथरका मनबिर खेङयुङले ५ हजार गरी २० हजार रकम सहयोग गरेका हुन् । पत्रकार विवेक राईको पहलमा उक्त सहयोग प्राप्त भएको हो ।
न्यून आयश्रोतले उपचार खर्च नधानेपछि पिडीत परिवारले सहयोगको याचना गरेका छन् । करिब १ वर्षअघि गोगनेका स्थानीय सन्तोष राईका ५ वर्षीय छोरा सविनको आर्थिक अभावका कारण उनको क्यान्सर उपचारमा समस्या आएको परिवार श्रोतले जनाएको छ । चितवन क्यान्सर अस्पताल भर्ना गरिएका उनलाई अहिले कान्तिबाल अस्पताल काठमाडौंमा उपचार गरिरहेको बालककी फुपु यशोदा राईले जानकारी दिइन् ।
उपचारमा अहिलेसम्म करिब २० लाख खर्च भईसकेको परिवार श्रोतले बताएको छ । पिडीत बालकको सहयोगका लागि सिद्धार्थ बैंक काठमाडौंमा यशोदा राईको नाममा रहेको खाता नम्बर ०१७१५५२१५४ मा सहयोग गर्न सर्वसाधरणसामु पिडित परिवारले सहयोगको याचना गरेको छ । जसका लागि पिडितका फुपु यशोदा राईको ९८१८७०३४५५ मा टेलिफोन गरी सहयोग गर्न समेत अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार