नेपाली भूमि चीनले अतिक्रमण नगरेको परराष्ट्रको प्रष्टोक्ति, मिडिया रिपोर्टको खण्डन

काठमाडौं। गोरखाको रुई गाउँमा चीनतर्फ पारिएको भन्दै केही दिनयता आइरहेको समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ। नेपाल सरकारलाई तिरो तिरेका रुईवासीहरु अहिले तिब्बतमा परेको भन्दै समाचार आएको करिब एक हप्तापछि परराष्ट्रमन्त्रालयले पहिलो पटक यो विषयमा बोलेको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञेप्ति जारी गर्दै समाचारहरुमा कृषि मन्त्रालयको रिपोर्टलाई आधार मानेर नेपाली भूमि चीनमा गएको भनिएको तर, कृषि मन्त्रालयलाई यसरी नक्शा बनाउने अधिकार नभएको बताएको छ।

साथै समाचारमा आए जस्तो नेपाली भूमि चीनतर्फ नपरेकोसमेत दावी गरिएको छ।

परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद उत्पन्न भए सचिब स्तरमा वार्ता हुनेसमेत बताएको छ। परराष्ट्रले अपुष्ट समाचार नलेख्नसमेत भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार