कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, २४ घण्टामा ४७६ थपिए

काठमाडौं । गत २४ घण्टामा कोरोनाका ४७६ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन। डा. १० हजार ८५ जना आइसोलेसनमा छन भने ५७ हजार ३ सय बढी क्वारेन्टिनमा रहेका छन्।

 

हालसम्म २ लाख २३ हजार ६ सय ३० जनामा कोरोना परीक्षण गरिएको छ। जसमध्ये २६ जनाको मृत्यु भइसकेको डा. गौतमले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार