भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

  सिलिचुङ सम्बाददाता

राष्ट्रिय परीचयपत्र वितरणका लागि फोटो खिचाउदै सेवाग्राही । तश्विर

 

भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो ।
सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण थालिएको जिल्ला प्रशासनले जनाएको छ । नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औंठा) छाप सहितको विवरण भएको परिचयपत्र वितरण हुने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।
सरकारी सेवासुविधा सहज र छिटो प्राप्त गर्न, कागजातमा अन्य व्यक्तिबाट किर्ते नहोस भन्ने लक्ष्यले नेपाल सरकारले २०७५ मंसिर ३ गतेबाट राष्ट्रिय परीचयपत्र वितरण थालेको थियो । पहिलो चरणमा पाँचथर र सिहंदरबार परिसरमा परिचयपत्र बाँडिएको थियो । यस्तै दोस्रो चरणमा झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा लगायत पन्ध्र जिल्लामा परीचयपत्र वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार