कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी, परिक्षा अमर्यादित भएको गुनासो

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । प्रधानाध्यापकले मनोमानी ढंगबाट अमर्यादित परिक्षा गराएर कर्मचारी नियुक्ती गरिएको खुलेको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित स्थानीय बेहेरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेश्वर पौडलले लेखापाल दरबन्दीको कर्मचारी नियुक्तीमा मनोमानी गरिएको खुलेको हो ।

छोटो समयमा नयाँ पाठ्यक्रम समेटिएको उक्त परिक्षामा प्रधानाध्यापकले नियुक्त गरेको रोष्टरले प्रश्नपत्रको ३४ प्रतिशत प्रश्न पाठ्यक्रमबाहिरबाट समेटेर बनाएका थिए

गत भदौ १३ गते लिईएको परिक्षामा प्रधानाध्यापक पौडेलले आफ्ना निकट परिक्षार्थीलाई व्यक्तिगत ढंगबाट लेखापालमा नियुक्ति गरिएको भन्दै परिक्षार्थी र सरोकारवालाबाट चर्को असन्तुष्टि आएको हो । पुरानै पाठ्यक्रम अनुरुप नै परिक्षाको तयारी गरेपनि प्रधानाध्यापक पौडेलले आफ्नो अनुकुल एनआईसी एशिया बैंक बैकुण्ठे शाखाका कर्मचारीलाई रोष्टर राखेर पाठ्यक्रम बाहिरको प्रश्नावली बनाएको एक परिक्षार्थी स्मृति कार्कीले गुनासो गरिन् । छोटो समयमा नयाँ पाठ्यक्रम समेटिएको उक्त परिक्षामा प्रधानाध्यापकले नियुक्त गरेको रोष्टरले प्रश्नपत्रको ३४ प्रतिशत प्रश्न पाठ्यक्रमबाहिरबाट समेटेर बनाएको उनले गुनासो पोखिन् । उक्त प्रश्नापत्र पनि अंगे्रजी माध्यमबाट बनाईएको परिक्षार्थीको गुनासो छ ।
परिक्षा सञ्चालन गराउन प्रधानाध्यापक पौडेलले रोष्टरमा विद्यालयकै शिक्षक टंक प्रसाद घिमीरेलाई प्रस्तावित गरेका थिए । तर परिक्षाको मिती नजिकिने बेला प्रधानाध्यापक पौडेलले आफ्नो निकट रविना बस्नेतलाई कर्मचारी नियुक्ति गराउन आग्रह गरे । घिमीरेले परिक्षा प्रणाली मर्यादित गर्नुपर्छ भनेपछि प्रधानाध्यापक पौडेलले आफ्नो अनुकुल बैंकका कर्मचारीलाई तत्काल रोष्टर बनाएका थिए । ६ जना सहभागी परिक्षालाई वैधानिकता र मर्यादित बनाउने किसीमको परिक्षा प्रणाली नभएको उनले बताए । घिमीरेका अनुसार निकट रहेका व्यक्तिलाई नै नियुक्ति गर्ने टुंगो नभएपछि एउटै विद्यालयको शिक्षकलाई रोष्टर राख्दा विवाद हुन्छ भनी भन्न लगाई घिमीरेको ठाउँमा बंैकका कर्मचारीलाई रोष्टर बनाईएको थियो ।
यता प्रधानाध्यापक पौडेलले कर्मचारी नियुक्तिको सबै परिक्षा प्रणाली पारदर्शी भएको बताएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रीप्रसाद ढकाल, शिक्षा समन्वय इकाई भोजपुरका प्रतिनिधी, गाउँपालिकाका कर्मचारीको प्रत्यक्ष निरीक्षणमा परिक्षा सञ्चालन गरिएको उनले बताए । प्रधानाध्यापक पौडेलका अनुसार रोष्टरमा नियुक्ति गरिएका ती बैंकका कर्मचारीलाई कोडिङ गरेरै परिक्षा गराउन पठाएको बताए ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै गत २०७६ पुष १८ गते पाठ्यक्रमसहित कर्मचारी नियुक्तिको विज्ञापन खुलाईएको थियो । परिक्षाबाट उतीर्ण गराईएका बस्नेतलाई प्रधानाध्यापक पौडेलले विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी नियुक्ति दिएको पनि खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार