कोरोनाका नाममा सरकारले भ्रष्टाचार गर्‍यो : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन् ।

 

‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ बीपीको १०७ औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा देउवाले भने, ‘पिसिआरको दायरा बढाएको छैन। अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब गरेको छैन।’

 

स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो । सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ ।

नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार