भोजपुर । प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।
कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७, ३९ र ४९ वर्षिय पुरुष छन् । बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकको सम्पर्कमा आएका सबैलाई १४ दिन ‘होम क्वारेन्टाइन’ मा बसिदिन जिल्ला प्रशासनले आग्रह गरेको छ । संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईँटेलले जानकारी दिए ।
भाद्र २४ गते षडानन्द नगरपालिकामा ५ जना र भोजपुरमा ३ गरी ८ जनामा कोरोना पुष्टि भएपछि ट्राभल हिस्ट्रीका आधार एकसय १ जनाको स्वाब विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । जसमा ९६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै कन्ट्याक्ट टे«सिङका आधारमा षडानन्द नगरपलिकाका २७ जनाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमितमध्ये ९ जना निको भईसकेका छन् ।