आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक

एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो।

 

एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। ‘हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं। यी आईफोन नयाँ युगको सुरूवात हो’, एप्पलका प्रमुख टिम कुकले भने।

एप्पलले आईफोन-१२(६४, १२८ र २५६ जिबी स्टोरेज), आईफोन-१२ मिनी(६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आईफोन-१२ प्रो (१२८, २५६ र ५१२ जिबी स्टोरेज), आईफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जिबी स्टोरे) लन्च गरेको छ।

 

कति होला मूल्य?

सार्वजनिक गरिएका आईफोनको मूल्य ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ अमेरिकी डलरसम्म पर्नेछ।

कम्पनीले सार्वजनिक गरेको मूल्यसूचि अनुसार आईफोन-१२ मिनिको ६ सय ४९ छ भने आईफोन १२ को ७ सय ९९ अमेरिकी डलरबाट सुरू हुनेछ। यस्तै आईफोन १२ प्रो र आईफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः ९ सय ९९ अमेरिकी डलर तथा ११ सय ९९ रूपैयाँबाट सुरू हुनेछ।

यी मोडलहरूमा स्टोरेज र सुविधा अनुसार मूल्य फरक पर्नसक्नेछ।

 

बजारमा कहिलेसम्म उपलब्ध हुनेछ?

विश्व बजारमा आईफोन-१२ मिनिको प्रि-अडर ६ नोभेम्बरबाट सिरू हुनेछ भने १३ नोभेम्बरदेखि ग्राहकको हातमा पर्नेछ। यस्तै आईफोन-१२  आईफोन-१२ प्रोको प्रिअडर १६ अक्टुबरबाट सुरू हुनेछ भने २३ अक्टुबरबाट ग्राहकले पाउनेछन्। आईफोन-१२ प्रो म्याक्सका लागि ग्राहकहरूले १३ अक्टुबरबाट प्रिअडर गर्नसक्नेछन् भने २० नोभेम्बरबाट बिक्री सुरू हुनेछ।

 

विज्ञहरूले सन् २०१४ मा आईफोन ६ सार्वजनिक गरेयता आईफोन-१२ मा कयौं यस्ता नयाँ फिचर छन् जसले कम्पनीको पहुँच अझ विस्तार हुनसक्छ।

 

‘फाईभजी प्रविधिले डाउनलोड र अपलोडमा नयाँ स्तरमा आफ्नो प्रदर्शन दिनेछ, भिडिओ स्ट्रिमिङ् उच्च गुणस्तरको हुनेछ, गेम धेरै मज्जायुक्त हुनेछ र साथमा अरू धेरै सुविधा हुनेछ’ एप्पलका प्रमुख टिम कुकले भने।

 

स्क्रिनको आकारमा परिवर्तन गरिएको छ

आईफोन-१२ प्रोको स्क्रिन पहिलेका आईफोनको तुलनामा ठूलो हुनेछ। तर पहिलोपटक यी फोनमा चार्जर र एयरफोन उपलब्ध गराइने छैन। पर्यावरणमाथि यसको प्रभाव कम पार्नलाई यस्तो गरिएको कम्पनीले जनाएको छ।

 

एप्पलका अनुसार आईफोन-१२ को स्क्रिन ६.१ इन्च हुनेछ भने पहिलेको तुलनामा यी सिरिजका फोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुनेछन्। कम्पनीले फोनमा रिजोल्यूसन धेरै हुने र तीनमा सिरामिक सिल्डको प्रयोग गरिएको जनाएको छ।

 

आईफोन-१२ प्रोको स्क्रिन ६.१ इन्चको हुनेछ भने आईफोन-१२ प्रो म्याक्सको स्क्रिन आकार ६.७ इन्चको हुनेछ।

 

यी फोनमा पहिलोपटक ए-१४ बायोनिक चिप लगाइएको छ जसलाई पाँच न्यानोमिटरको प्रोसेसरमा बनाइएको छ। यसले तस्बीर अझ राम्रो हुने कम्पनीको दाबी छ।

फ्ल्यास बिना नै रातमा सेल्फी लिनसकिने

कम्पनीले नयाँ आईफोनबाट फ्ल्यासको प्रयोगबिना  नाइट-मोडमा सेल्फी लिन सकिने जनाएको छ। यसका अलावा कलर-कन्ट्रास्ट र आवाजको सवालमा पनि आईफोनको विशेषता पहिले भन्दा राम्रो छ।

आईफोन-१२ मा १२ मेगापिक्सेलका दुई वटा वाइड एङ्गल क्यामरा दिइएको छ। कम्पनीले यसबाट कम प्रकाशमा पनि राम्रो तस्बीर खिच्न सकिने दाबी गरेको छ। यस्तै आईफोन-१२ मा नाइट मोडमा टाइमल्याप्स विशेषता सहितको भिडिओ रेकर्डिङ सुविधा दिइएको छ। यसले पनि कम प्रकाशमा राम्रो भिडिओ रेकर्डिङ गर्नेछ।

फाईभ जी प्रविधि

स्यामसङले पहिलोपटक फरवरी २०१९ मा फाईभजी प्रविधियुक्त ग्यालेक्सी एस-टेन सार्वजनिक गरेको थियो। त्यसपछि हुवावे, वान प्लस र गुगलले पनि  फाईभ जी प्रविधिको फोन सार्वजनिक गरेका थिए।

 

तर विज्ञहरूले प्रयोगकर्तामाझ यी विशेषताप्रति एकदमै कम रूचि भएको बताएका छन्।

 

प्रविधि शोध कम्पनी फरेस्टरका थोमस हसनले एप्पलले सायदै नयाँ प्रविधि सार्वजनिक गर्ने गरेको बताउँदै एप्पल प्रविधि परिपक्व हुने पर्खाइमा बस्ने र ग्राहकलाई एउटा नयाँ किसिमको अनुभव दिने प्रयासमा रहने गरेको बताए।

 

एप्पलले आफ्नो नयाँ फोनलाई फाईभजीको ३.५ गिगाबाइट प्रतिसेकेण्डको गतिमा परीक्षण गरेको जनाएको छ। यसको अर्थ करिब २० गिगाबाइटको सिनेमा मात्र ४५ सेकेन्डमा डाउनलोड हुनेछ।

 

‘ब्याट्री बचाउनका लागि आईफोन-१२ को फोजी र फाईभजीका बीचमा परिवर्तन गर्न सकिने यो क्षमताले ग्राहकका लागि सँधै फाईभजी उपलब्ध हुनुपर्छ भन्ने जरूरी छैन’, फ्यूचरसोर्स कन्सलटेन्सीका स्टीफन मियर्सले भने। तर कम्पनीले ग्राहकको अनुभव नेटवर्क र क्षेत्रको हिसाबले फरकफरक हुने र फाईभजी सेवा सँधै चालु नहुने बताएको छ।

 

बेलायत फाईभजी सुरू गर्ने दोश्रो युरोपीय देश हो। यसबाट बेलायतलाई पाइदा भयो तर यसको क्षेत्र भने धेरै नै छिटपुट रह्‍यो।

 

यस्तै अमेरिका एप्पलको सबैभन्दा ठूलो बजार हो। त्यहाँ फाईभजीको गति एकदमै कम छ। एक अध्ययनका अनुसार क्यानडामा फोजी नेटवर्क अमेरिकाको फाईभजी भन्दा गतिवान छ र केही देशमा फाईभ जी प्रविधि आमजनताका लागि अझै उपलब्ध हुन सकेको छैन्।

 

चीन एप्पलको दोश्रो ठूलो बजार हो। चीनको सरकारले देशमा फाईभ जीलाई इकदमै बढवा दिएको छ र हालै उसले बेइजिङ र शेनजेनमा फाईभजी नेटवर्कको काम पूरा भएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार