बालबालिकाको मोबाइल लत छुटाउने टिप्स्

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।

 

समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।

 

तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् । मोबाइलका कारण उनीहरु कुनै पनि शारीरिक गतिविधि गर्न सक्दैनन् । पहिले केटाकेटी खेल्न बाहिर जान्थे, अहिले उनीहरु बाहिर निस्कनुको सट्टा मोबाइल फोनमै व्यस्त रहने गरेका छन् । जसका कारण उनीहरुको शारीरिक विकास पनि हुन सकेको छैन । राम्रोसँग पढाइसमेत गर्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार