”डाली डाली फुल फुल्यो‘’ गीतमा हेमन्ताको रिमिक्स सार्वजानिक

  सिलिचुङ संवाददाता

काठमाडौं । गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो‘’ गीतको रिमिक्स लिएर आएकी छन् । म्युजिक डिजे सन्तोष र स्वर हेमन्ता राईले दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । गीतको ओर्जिनल स्वर साधाना सरगमको हो ।

 

पप गीतहरुमा रुची राख्ने राईले पहिल्यै बजारमा आइसकेका गीतहरुमा स्वर दिदै आएकी छन् । उनले हालसम्म ‘मुटु बनी‘’, ‘नाई–नाई‘’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेको दाबी गरेकी छन् ।

 

उनको बुझाइमा गाउनलाई निक्कै मेहनत गर्नुपर्छ । लगानीदेखि दैनिक रियाजलाई ध्यान दिनुपर्ने हुन्छ ।

 

खोटाङको दिक्तेल जन्म भएकी हेमन्ता सानै उमेरदेखि काठमाडौंको पुरानो बानेश्वरमा हुर्किएकी हुन । उनी सानैदेखि गीत संगीतमा रुची राख्थिन् । कक्षा ११ पढ्दै गर्दा इन्स्टिच्युटमा गएर ‘म्युजिक क्लास’ लिन थालिन् । गीतमा स्वर दिन र सार्वजानिक गर्न थालिन् ।

 

लाहुरे पारिवारिक पृष्ठभुमी भएकी राईलाई गीत संगीतमा लाग्न सजिलो थिएन । परिवारले पढाइमा केन्द्रीत हुन दबाब दिन्थ्यो । उनी कक्षा ११ र १२ तथा स्नातकमा व्यवस्थापन संकायकी विद्यार्थी भएपनि लुकीछिपि गीतसंगीतमा लागिन् । उनलाई बुवाको भने साथ थियो । ‘बुवाले गिटार बजाएर गीत गाउने गर्नुहुन्थ्यो, मलाई पनि इन्स्पायर गर्नुहुन्थ्यो,’ उनले भनिन् ।

 

उनले गीत गाउन थालेको ९ बर्ष भैसकेको छ । केही बर्ष नेपाल बाहिर इण्डिया बस्न गइन् । नेपाल बाहिरको बसाई छोडेर आएपछि आफ्नो गायन यात्रा पुन केन्द्रित गरिन । ‘डाली डाली फुल फुल्यो‘’ म्युजिक भिडियोमा लकडाउनकै बेला काम गरेकी हुन् । उनको गीतहरुलाई स्रोताले खुबै मन पराउँछन् । परिवारले पनि साथ, सहयोग र हौसला दिने गरेका छन् ।

 

उनी यो क्षेत्रमा लाग्नुमा उनको रुची र सौख नै हो । गुरु शारदा क्षेत्री र मिलन सिंहबाट म्युजिक शिक्षा लिएका थिए । उनी विहान कलेज जान्थिन् । दिउँसो र साँझ ‘म्युजिक क्लास’ जान्थिन् । गायनलाई निरन्तरता दिने उनको लक्ष्य छ । उनी एकान्तप्रेमी छिन् । पप गायकमा वविन प्रधान र गायिकामा इन्दिरा जोशी मन पराउछिन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार