बेलायतमा कोरोनाको सक्रमण बढेपछि थप प्रतिबन्ध

लण्डन । बेलायतको लन्डनसहित इङ्ल्यान्डका अरु थप केही क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका प्रतिबन्धहरु बढाइने भएको छ ।

 

यसअघि सरकारले घोषणा गरेको संक्रमणको तह ‘मध्यम’ बाट एक तहमाथि ‘उच्च’ मा पुगेसंगै प्रतिबन्धहरु बढाइन लागेको हो ।

 

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउंदो शनिबारदेखि कार्यान्वयन गर्ने गरी प्रतिबन्धहरु बढाउन लागिएको घोषणा गरे ।

 

यसरी अलर्ट लेभल ‘उच्च’ मा पुगेका क्षेत्रहरुमा लन्डनसहित एसेक्स, सरेको एल्मब्रिज, योर्क, नर्थ ईष्ट डर्बीशायर, डर्बीशायरको एरिवास, चेस्टरफिल्ड, ब्यारो इन फर्नेस, कम्ब्रिया लगायत छन् ।

 

अलर्ट लेभल मध्यमबाट बढेर ’उच्च’ मा पुगेपछि यी क्षेत्रमा अरु घरको सदस्यसंगको भेटघाटमा रोक लगायतका प्रतिबन्धहरु थप हुनेछन् । यस्ता भेटघाट गर्न घरहरुमा ‘इन्डोर’ रुपमा मात्र नभएर पबर रेष्टुरेन्टमा समेत रोक लाग्नेछ ।

 

कोरोना संक्रमणको दोस्रो उत्कर्ष सामना गरिरहेको बेलायतले संक्रमणको आधारमा क्षेत्रगत रुपमा तीन फरक(फरक तहको लकडाउन एवम् प्रतिबन्धहरु लागू गर्ने घोषणा गरेको थियो ।

 

सबैभन्दा बढी संक्रमण रहेका क्षेत्रलाई ‘अति उच्च’ अलर्ट लेभलमा राखिएको छ भने त्यसभन्दा न्यून संक्रमण रहेका क्षेत्रलाई क्रमश ‘उच्च’ र ‘मध्यम’ तहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार