कहिले पुग्छ वास्तविक किसानसम्म अनुदान ?

  सिलिचुङ सम्बाददाता

 

भोजपुर नगरपालिका ४, सिद्देश्वर दाँवाका गणेश विष्टले गोठसुधार गर्न नसक्दा बाँस ओछ्यार बनाएको गाई फर्मको गोठ । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाका गणेश विष्टले ४ वर्षअघि १२ लाखको लगानीमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यावसायिक गाईपालनमा लागे । उनको सो गाईफर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन हुन्छ । सडकको पहुँच नहुँदा उनी ८ मोटरसाईकलबाट ८ सय किलोमिटर दुरीको सदरमुकाम धाउने गर्छन् । सास्ती हुँदाहुँदै पनि उनले व्यावसायिक गाईपालनका लागि कुनै अनुदान पाएका छैनन् । राज्यबाट प्रदान गरिने कृषक अनुदान नपाएको उनी गुनासो गर्छन् ।

पछिल्लोसमय व्यावसायिक कृषिमा युवाहरुको मोह बढेपनि पहुँचका आधारमा स्थानीय तह र सरकारी निकायले अनुदान वितरण गर्दा निराशा थपिदिएको छ ।

‘विदेश नगई यहिँ केहि गर्ने सोचले गाईपालनतिर लागियो, अनुदानका लागि धेरै दौडधुप लगाए, तर राज्यको कुनै पनि अनुदान पाईएन’ उनले गुनासो पोखे, ‘फर्ममा गोठ बनाउने पैसा छैन, वडा र अन्य कार्यालयमा पनि धाए तर कुनै सहयोग मिलेन, पैसा नभएपछि बाँस ओछ्याएर गाईहरुलाई राखेको छु’ झरिबादल राम्रो नछेल्ने गोठले गोठका गाईहरु मर्ने चिन्ताले गणेशलाई पिरोलेको छ ।
पछिल्लोसमय व्यावसायिक कृषिमा युवाहरुको मोह बढेपनि पहुँचका आधारमा स्थानीय तह र सरकारी निकायले अनुदान वितरण गर्दा निराशा थपिदिएको छ । पहुँचका आधारमा मात्र सरकारी अनुदान पाईने भएकाले कृषक झन मारमा पर्ने गरेको स्थानीय कृषक एकेन्द्र विष्ट ठम्याउँछन् । भन्छन्, ‘सरकारी अनुदान पाउन कि आफ्ना मान्छे कि त सोर्सफोर्स चाहिने रहेछ, नत्र अनुदान आउला र केहि गरौँला भन्नु आकाशको फल आँखा तरि मर भने जस्तै हुन्छ’
किसानलाई लगानी उठाउनै समस्या भईरहेकाबेला अनुदानको नाममा पनि केहि नपाएको गुनासो किसानहरु गर्छन् । बजारीकरण र यातायातको पहुँच नहुँदा किसान झनै मारमा पर्ने गरेका छन् । भोजपुर नगरपालिका ११ आम्तेकस्थित व्यावसायिक तरकारी तथा कृषि फर्म चलाएर बसेका मोहनकुमार श्रेष्ठले स्थानीय तहलाई बारम्बार ताकेता गर्दासम्म सडकको पहुँच नपुगेको बताउँछन् । ‘न अनुदान न सडक राम्रो, उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउनै गाह्रो छ, स्थानीय तहमा सडकका लागि पहल ग¥यौ तर खासै चासो भएन’ ज्यालादारीमै मान्छे लगाएर फर्मका तरकारी बजार पु¥याउने गरेको उनले बताए ।
स्थानीय तह र अन्य सरकारी निकायबाट सञ्चालन हुने विभिन्न अनुदानका कार्यक्रमबाट पहुँचवालाले मात्र सुविधा लिन पाउने गरेको कृषकहरु बताउँछन् । अनुदानको लागि विभिन्न कागजी र विधीबारे अनविज्ञ र पहुँच नहुँदा कृषक अनुदानबाट बञ्चित हुनुपरेको उनीहरु सुनाउँछन् । भोजपुर नगरपालिका ५, बोखिमका विशाल राईले भन्छन्, ‘अनुदानका लागि लामो प्रक्रिया चाहिने रहेछ, हामी जस्तो अनपढलाई विधि पु¥याउँदा पु¥याउँदै अनुदानको हिस्सा कितबेला अरुले नै फुत्काउँछ पत्तै नहुने, अनुदानको नाममा कार्यालयको चक्कर काट्ने मात्रै काम हुन्छ’
सरकारी निकायको तर्फबाट युवावर्गलाई प्रोत्साहित गराउने किसीमको कुनै पनि नीति नबनाएको टेम्केमैयुङ गाउँपालिका गोगनेका शम्भु नेपालको दुखेसो छ । युवापुस्तामा कृषिप्रतिको मोह बढ्नु सकारात्मक पक्ष भएपनि कृषिमा लागेका युवा उद्यमीलाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताए । उचित बजारीकरण, उचित मुल्यदर, ढुवानीमा सहुलियत, करछुट र कच्चापदार्थको आयातमा कुनै पनि किसीमको अनुदान र छुट नहुँदा कृषिमा उत्साहित देखिएका युवालाई हतोत्साहित पनि संगसंगै गराएको युवा उद्यमीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार