बिहान सबेरै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा

परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ ।

मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ र समयमै उठ्नु पनि पर्छ । एक वैज्ञानिक अनुसन्धानका अनुसार जो व्यक्ति बिहान चाँडै उठ्छ, उनीहरुलाई मानसिक रोगको सम्भावना निकै कम हुन्छ ।

कोलोराडो–बोल्डर युनिभर्सिटीका निर्देशक सेलिन वेटरका अनुसार बिहान चाँडै उठ्नुका विभिन्न स्वास्थ्य लाभ छन् । अनुसन्धानका अनुसार जो व्यक्ति ढिलासम्म जागा हुन्छन् उनीहरुमा मानसिक रोगको समस्या चाँडै सुतेर चाँडै उठ्नेभन्दा दोब्बर बढी हुन्छ । अबेर रातीसम्म नसुत्दा धुम्रपानको लत र अनियमित निन्द्राको बानी विकसित हुन थाल्छ । निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोगसमेत विभिन्न रोगको कारण बन्न सक्छ ।

 

 

यो शोधको प्रकाशन ‘सोइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोध तयार पार्नका लागि क्रोनोटाइप (राती जाग्राम बस्नेहरु) का बीच सम्बन्ध पत्ता लगाउनका लागि ३२ हजार महिला नर्सको आँकडाको विश्लेषण गरिएको छ । यसमा २४ घण्टाको दौरान विशेष समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने–उठ्ने बानी र मनोविकार समावेश गरियो । वेटरले भने, ‘हाम्रो परिणामले क्रोनोटाइप र मानसिक रोगको जोखिमबीच मामूली सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांसिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुनसक्छ ।’

बिहान चाँडै उठ्नुका अन्य लाभः

ब्रम्ह मुहूर्त अर्थात् सूर्य उदाउनु अघि उठ्नुका थुप्रै लाभ छन् । यदि तपाईं बिहान चाँडै उठेर घरबाहिर निस्केर हिँड्नुहुन्छ वा व्यायाम गर्नुहुन्छ भने यसका विभिन्न लाभ यहाँ दिइएका छन् ।

१. बिहान चाँडै उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो स्वस्थ रहन्छ । शुद्ध अक्सिजन शरिरलाई स्वस्थ राख्नका लागि आवश्यक छ ।

२. जो व्यक्ति बिहान चाँडै उठेर व्यायाम गर्दछन् उनीहरुलाई हृदय रोगको सम्भावना निकै कम हुन्छ । शरिरमा रक्त संचार सही रहन्छ ।

३. बिहान चाँडै उठ्दा मानसिक रोगको समस्या हुँदैन । योगा र प्राणायम गर्दा मानसिक रोग हट्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार