नेकपा कुनै हालतमा फुट्दैन, झगडा बढाउनेहरु पार्टीभित्रै भए : मन्त्री भट्टराई

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताएका छन्

 

आज दिउँसो विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उनले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिए ।

 

  ‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उनले भने, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र आजदेखि मत्थर भइसकेको छ ।”

मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताए । ।

शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उनले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार