धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी

गायिका अन्जु पन्तले आफ्नै छोरीलाई म्युजिक भिडियोमा डेब्यु गराउँदै गीत ‘धेरै माया नदेऊ मलाई’सार्वजनिक गरेकी छिन ।  गीतकार सुरेश वाग्लेको रचना रहेको गीतमा पन्तकी छोरी परीतोशिका सँगै मोडेल कुसाङ बोम्जनको पनि अभिनय रहेको छ ।

 

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । लोकप्रिय गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको कुरा सुनाए ।

 

१० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत गीतको भिडियोलाई हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार