बेलायतमा निमार्ण भएको साहारा नेपाली कथानक सर्ट मुभि सार्वजानिक

लण्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुको कथाबस्तुमा आधारित निमार्ण भएको साहारा सर्ट मुभि सार्वजानिक भएको छ । नयाँ बर्ष २०२१ को शुरुवातसंगै सबैले हेर्न मिल्ने गरी युटुवमा सार्वजानिक भएको हो ।

 

नेपाली कलाकर्मीहरुको सक्रियतामा निमार्ण भएको सर्ट मुभिमा नेपाली समाजको बिषयबस्तुमा सन्देश दिने उद्देश्यले निमार्ण भएको थियो । नेपाली भाषामा रहेको उक्त सर्ट मुभि १६ मिनेटको रहेको छ ।

 

पुरु राईको लेखन तथा निर्देशनमा निमार्ण भएको सर्ट कोभिडले नीजि जीवनमा पारेको असरको बिषयमा कथाबस्तु रहेको छ । चलचित्रमा धेरै नेपाली चलचित्रहरुमा अभियन गरेका कलाकार धु्रर्व दत्त र चर्चित मोडल ब्लगर समेत रहेकी कलाकार र्सिजना निङलेखुको मुख्य भुमिका रहेको छ । मुभिको छायांकन तथा सम्पादन चर्चित छायाकार तथा सम्पादक कुशल श्रेष्ठले गरेका छन ।

 

सर्ट मुभि बेलायतमा बसोबास गर्ने धेरै नेपाली समुदायहरुलाई लक्षित गरी निमार्ण गरिएको निर्देशक राईले बताए । बेलायतमा बस्ने ठुलो नेपालीहरुको जनघनत्वलाई सर्ट मुभिले प्रतिनिधित्व गर्ने विश्वास समेत रहेका निर्देशक राईले बताए ।

 

निर्देशक राईको नेपाली सर्ट मुभि निमार्ण तथा निर्देशन दोस्रो हो । अघिल्लो बर्ष मात्रै सम्बोधन नामक सर्ट मुभि निमार्ण तथा निर्देशन गरेका थिए । पारिवारिक विषयबस्तुमा रहेका उक्त सर्ट मुभि धेरैले मन पराएको थियो । सर्ट मुभि क्रिसमस र नयाँ बर्षलाई लक्षित गर्दै युटुवमा राखिने पनि निर्देशक राईले बताए । क्रिसमस र नयाँ बर्षको वीचमा सार्वजानिक हुने पनि बताए ।

https://youtu.be/AFnlCo5GBTI

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार