मृगौला पिडित तामाङलाई अभियान समितिद्वारा आर्थिक सहयोग हस्तान्तरण

  सिलिचुङ सम्बाददाता

मृगौला पिडित तामाङलाई सहयोग रकम हस्तान्तरण गर्दै अभियान समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङ । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुर नगरपालिका १, हेलौँछाका मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न सहयोगी दाताहरुबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो ।
समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको म्याग्दीचोकस्थित भाडामा बस्दै आएका पिडित तामाङलाई भेटेरै उक्त सहयोग हस्तान्तरण गरिएको हो । अभियानमार्फत संकलित १ लाख ६१ हजार एकसय २३ रुपँैया आर्थिक सहयोग हस्तान्तरण गरिएको अभियानकर्ता राईले जानकारी दिए ।
केहि समयदेखि उपचाररत तामाङको आर्थिक अवस्था कमजोर भएका कारण पिडित परिवाजनले सहयोगको अपिल गरेका छन् । अभियान अन्र्तगत धेरै सहयोगी दाताहरुले नाम टिपाएपनि सहयोग रकम उपलब्ध नगराएको समितिले जनाएको छ । सहयोगी दाताहरुले सहयोग गर्छौ भनि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक १ लाख २५ हजार चारसय ५ रुपँैया सहयोग रकम उपलब्ध नभएकाले यथासिघ्र बिरामीलाई नै उपलब्ध गराउन आग्रह पनि सामाजिक सञ्जालमार्फत सहयोग आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार