अमेरिकाले यमनलाई दिँदै आएको सहायता अब नदिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन् ।

 

साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनले बताएका छन् ।

 

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडेनले बताएको बीबीसीले जनाएको छ ।

 

साउदीलाई उनीहरूको भू–भाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने राष्ट्रपति बाइडेनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार