आकर्षणको केन्द्र बन्दै गाउँका क्याम्पस, विद्यार्थीलाई महंगो शहर धाउनुपरेन

  सिलिचुङ सम्बाददाता


०६६ सालमा स्थापित कुुलुङ बहुमुखी क्याम्पस । तश्विर, सिलिचुङ

 

भोजपुर । करिब ९ वर्षअघिसम्म जिल्लाका दुर्गम ग्रामिण सर्वसाधरण छोराछोरीलाई उच्च शिक्षा पढाउन शहर पठाउथे । न्यून आयश्रोतका सर्वसाधरण ऋणपान गरेरै धरान, ईटहरी, विराटनगर, काठमाडौँ, पोखरा जस्ता ठुला सुविधासम्पन्न शहर पठाउने चलन थियो । तर अहिले भने अवस्था फेरिएको छ । गाउँमै उच्च शिक्षा पाएपछि गाउँका क्याम्पसमा विद्यार्थीको मोह बढ्न थालेको छ । घर पायकमै क्याम्पस र प्लस टु कलेज धमाधम खुलेपछि मंहगो खर्च गरेर ठुला शहरबजार धाउनुपर्ने बाध्यता हटेको हो ।

भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी ३ वटा आंगिक क्याम्पसमा सहज, सरल, स्पष्ट रुपमा संकायगत विषयहरुमा पठनपाठन हुने भएपछि ग्रामिण विद्यार्थीलाई छात्राबास, सहज कक्षाकोठा, सुलभ ईमेल–ईन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृतिको व्यवस्थाले झनै आकर्षित गरेको छ

‘गाउँमा क्याम्पस भएपछि ठुला शहरमा मंहगो खर्च धानेर पढ्नु परेको छैन । यहीँ ठिक छ ।’ साल्पासिलिछो गाउँपालिका ४, खाटम्माकी रितु राईले भनिन्, ‘घरमा बा–आमालाई मेलापातमा पनि सघाईने, यता घरकै खाना खाएर पनि पढ्न भ्याईने । अन्यत्र गएर व्यर्थ खर्च गरी पढ्नु पर्दैन ।’
सदरमुकामदेखि तीनदिन पैदल पर्ने कुलुङस्थित ०६६ सालमा स्नातक तहको क्याम्पस स्थापना भएपछि रितु जस्ता कयौँ दुर्गम भेगका विपन्न विद्यार्थीलाई सहज भएको छ । विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरेर स्थानीयबासी आफैले चन्दा संकलनबाट स्थापना गरेको कुलुङ बहुमुखी क्याम्पसले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज भएको छ । आर्थिक रुपले बाहिर गएर पढ्न सक्ने क्षमता, सामथ्र्य नभएका विपन्न वर्गका विद्यार्थीहरु क्याम्पसमा लाभान्वित हुने गरेको प्राध्यापक अशोककुमार यादव बताउँछन् । उनका अनुसार एक वर्षभित्र डेढसयको हाराहारीमा स्नातक तहमा विद्यार्थी संख्या बढाउने क्याम्पसले लक्ष्य राखेको छ ।
घरपायकमै उच्च शिक्षा पाउदा समय र पैसाको बचत हुने गरेको भोजपुर बहुमुखी क्याम्पस स्नातक तह दोश्रो वर्षमा अध्ययनरत प्रतिमा राईले सुनाईन् । भनिन्, ‘घरदेखी १५ मिनेटको दुरीमै क्याम्पस पुगिन्छ, घरको काम सकेर पनि पढ्न भ्याईन्छ, राम्रो चाहेको पढ्न पाईन्छ, किन अरु शहर खोज्दै जानुप¥यो र, यहि सबै छ’ सहज, सरल, स्पष्ट रुपमा संकायगत विषयहरुमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामिण विद्यार्थीहरुलाई बस्नका लागि व्यवस्थित छात्राबास, सहज कक्षाकोठा, सुलभ ईमेल–ईन्टरनेटसहितका पुस्तकालयहरु, पाठ्यपुस्तक र छात्रवृतिको व्यवस्थाले झनै आकर्षित गरेको छ ।
घरपायकमै उच्च शिक्षा पाउदा समय र पैसाको बचत भएको स्थानीय टेक बहादुर प्रधान सुनाउँछन् । उनले घरपायकमै उच्च तहका पठनपाठन भएपछि आफु जस्ता न्यून आयश्रोतका अभिभावकले पनि आफ्ना छोराछोरीलाई सजिलै पढ्न पठाउन सकेको बताए ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी ३ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् । सहज, सरल, स्पष्ट रुपमा संकायगत विषयहरुमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामिण विद्यार्थीलाई छात्राबास, सहज कक्षाकोठा, सुलभ ईमेल–ईन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृतिको व्यवस्थाले झनै आकर्षित गरेको छ । दक्ष प्राध्यापकबाट सहजीकरण र अध्यापन गरिने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो ।
आर्थिक रुपले बाहिर गएर पढ्न नसक्ने विद्यार्थीहरु बढिभन्दा बढि लाभान्वित हुने गरेको प्राध्यापक ईन्द्रदेव राईले बताए छन् । यस्तै शैक्षिक गुणस्तरको हिसाबले जिल्लाभित्र अध्ययन गर्ने विद्यार्थीहरु बाह्य क्याम्पसको तुलनामा अब्बल भएको उनको बुझाई छ । पढाईसंगै सिपमुलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको प्राध्यापकहरुको दाबी छ । पढाईसंगै सिपमुलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको प्राध्यापक राईले बताए ।
निःशुल्क पढाईले आकर्षण
षडानन्द नगरपालिका दिङ्लाबजारस्थित षडानन्द बहुमुखी क्याम्पसले निःशुल्क स्नातक तहको पढाई सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण झनै बढेको छ । ०७४ भदौमा नगरपालिकाका जनप्रतिनिधीहरुसंग क्याम्पस व्यावस्थापन समितिको संयुक्त बैठकको निर्णयले विद्यार्थी आकर्षित गर्न नगरपालिका तथा वडाबाट सिफारिस लिएर आउने विद्यार्थीलाई क्याम्पसले निःशुल्क भर्ना सुरु गरेको थियो ।
‘सित्तैमा पढ्न पाउँदा एकातिर खर्च जोगिएको छ भने अर्कोतिर घरकै खाना खाएर पढ्न भ्याईन्छ ।’ स्नातक तह द्वितीय वर्षमा अध्ययनरत मुलपानीकी सपना तामाङले भनिन्, ‘यहाँ पहिले बिएड पढाई नहुँदा धेरै खर्च गरेर पढ्नलाई कि सदरमुकाम कि त खाँदबारी, धनकुटा, धरान जानुपथ्र्याे । त्यो अहिले छैन ।’
प्लस टु सकेर बाहिर जानुपर्ने बाध्यताबाट पन्सिदै आफ्नै ठाउँमा निशुल्क सहुलियत उच्च शिक्षा लिन सहज भएपछि यहाँका ग्रामिण भेगका विद्यार्थीहरु उत्साहित छन् । क्याम्पसले नगरपालिका क्षेत्रबाहेक बाहिरबाट आउने विद्यार्थीलाई पनि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस लिएर आएमा ती विद्यार्थीलाई पनि निःशुल्क भर्ना दिएको जनाएको छ । नगरपालिकाको पहलमा क्याम्पसले शैक्षिकसत्र ०७४÷७५ मा स्नातक तह चार वर्षे शिक्षा र व्यावस्थापन संकाय प्रथम वर्षमा निशुल्क भर्ना सुरु गरेको थियो ।
४९ जना विद्यार्थीमध्ये ४२ जना विद्यार्थीहरुले वडाको सिफारिसबाट निःशुल्क पढिरहेको र अघिल्लो वर्षका बाँकी ७ जना विद्यार्थीले पनि नयाँ व्यावस्थासंगै निःशुल्क पढिरहेको क्याम्पस प्रमुख नरेन्द्र बस्नेतले बताए । भने, ‘निःशुल्क क्याम्पस पढ्न पाउने भएपछि आर्थिक अवस्थाले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने भएकाले विद्यार्थीको संख्यामा बृद्धि आएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार