सेयर बजारमा पहिरो

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा बढेर खुले पनि नियमित कारोबार सुरु भएसँगै सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको दुई घण्टा बित्दा बजार परिसूचक नेप्सेमा ८७.४९ अंकको पहिरो जाँदा २५२०.१७ अंकमा झरिसकेको छ ।

 

संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिसकेको अवस्थामा सर्वोच्चको निर्णयपछि राजनीतिमा हुनसक्ने अनेक अड्कलबाजी र हल्लाले गर्दा  सेयर बजार प्रभावित भएको छ । नेप्सेमा सबै उपसूचक रातम्यै हुँदा कारोबारमा आएका चार कम्पनीबाहेक सबैको सेयर मूल्य घटेको छ ।

 

हल्लाकै भरमा लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा कारोबार सुरु भएको दुई घण्टामै ५ अर्बमाथिको कारोबार भएको छ । दिउँसो १ बजेसम्म ५४० हजार ८३७ कारोबारमा १९८ कम्पनीको ९७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको कारोबार भएको छ ।

 

अन्य र हाइड्रोपावर उपसूचक ४ प्रतिशतमाथिको पहिरो जाँदा बैंकिङ, जीवन र निर्जीवन बिमा, वित्त कम्पनी उपसूचक ३ प्रतिशत र विकास बैंक उपसूचकमा साढे ३ प्रतिशतमाथिको पहिरो गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार