कोरोनाले स्थगित बी डिभिजन लिग ११ महिनापछि सुचारू

कोरोना भाइरसका कारण गत चैतमा स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग लिग मंगलबारदेखि सुचारु भएको भएको छ।

 

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो।

 

मंगलबार भएको खेलमा खुमलटार युथ क्लब र नयाँ बस्ती युवा क्लब विजयी भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसियसनलाई २–१ पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई ५–२ को गोल अन्तरले पराजित गरेको छ।

 

नयाँ बस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे। मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काउन सफल भएका थिए।

 

खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गर्दा कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे।पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए ।

 

जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ। पुल्चोकको ६ खेलमा १ अंक रहेको छ।

 

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार