गायिका अन्जु पन्त र थीर कोइराला बैवाहिक वन्धनमा बाधिए

गायिका अन्जु पन्त बैवाहिक जीवनमा बाधिएकी छिन् । उनले प्रेमी थीर कोइरालासँगको ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेकी हुन् ।

 

बुधबार काठमाडौंको एक चर्चमा पुगेर यो जोडी बैवाहिक बन्धनमा बाधिएको हो । उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्। अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएपनि तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।

 

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार