भोजपुरमा माधव पक्ष नेकपा एमालेले राख्यो छुट्टै कार्यालय

  सिलिचुङ सम्बाददाता

षडानन्द नगरपालिका केन्द्र दिङ्लाबजारमा नेकपा एमाले माधव पक्षले छुट्टै नगर कमिटी साईनबोर्ड र कार्यालय । तश्विर, सिलिचुङ

 

भोजपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव झलनाथ पक्षले काउण्टर दिने बताइरहेका बेला त्यसको ‘र्‍याक्सन’ तल्लो तहमा पनि देखिएको छ ।
नेकपा एमालेको नेपाल खनाल पक्षले उत्तरी षडानन्द नगरपालिकामा नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ । नगरपालिकाको केन्द्र दिङ्लाबजारमा जिल्ला कमिटी सचिव शरणकुमार राईको नेतृत्वमा साइनबोर्ड राखेर छुट्टै कार्यालय खडा गरिएको हो ।
सर्वोच्चको आदेशले एमाले पुनः स्थापना भएसँगै पदाधिकारीलाई समेत थाहै नदिई ओली पक्षले बोर्ड फेर्ने र कार्यालय राख्न थालेपछि यसको प्रतिवाद गर्न थालिएको सचिव राईले बताए ।
कार्यालय स्थापना गर्न राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्दीप राई, स्ववियू सभापति प्रकाशसिं राई, अनेरास्ववियूका अध्यक्ष ध्रुवराज राईलगायत पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार