“ओलीको चरम गुटबन्दीले पार्टीको यो हालत भयो” : एमाले नेपाल-खनाल समूह

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीको चरम गुटबन्दीले पार्टी समस्याग्रस्त बनेको बताएका छन्। बुधबार राजधानीमा आयोजित दुई दिने कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनमा ओलीले गुटबन्दी गर्दा पार्टी समस्यामा परेको उल्लेख गरिएको हो। नेकपामा हुँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध गुटबन्दी गरेको र अहिले एमालेमा त्यही प्रवृत्तिलाई निरन्तरता दिँदा पार्टीमा समस्या आएको आरोप प्रतिवेदनमा लगाइएको छ।

‘पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीसमेत नेकपाका दुईजना अध्यक्षका रुपमा कमरेड केप ीओली र प्रचण्डले आलोपालो गर्ने गोप्य सम्झौतासमेत गर्नुभयो। यसरी एकातिर कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धिहरु प्राप्त गर्ने सम्भावनाका ढोकाहरु ख्ुल्दै गएका थिए भने त्यसको नेताका रुपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित चरम गुटबन्दी पूर्ण कार्यशैलीले क्रमश पार्टीलाई समस्याग्रस्त बनाउँदै गयो’, प्रतिवेदनमा भनिएको छ।

ओलीले वामपन्थी गठबन्धनको नेताको रुपमा ओलीले शक्ति हातमा लिँदै हरेक ठाउँमा गुटबन्दी गरेको आरोपसमेत प्रस्तावमा लगाइएको छ। सँगै ओलीले पार्टीभित्र जनताको समर्थनको दुरुपयोग गर्दै बलमिच्याइँ गरेको उल्लेख छ।

‘नेकपा एमालेको तर्फबाट वामपन्थी गठबन्धनको एउटा नेताका रुपमा अध्यक्ष ओलीले पार्टीको सबै शक्ति आफ्नो हातमा लिँदै हुनुहुन्थ्यो, प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा उहाँले चरम गुटबन्दीको प्रदर्शन गर्नु भएको थियो र पार्टी स्थायी कमिटीमा त्यसको आलोचना पनि भैरहेको थियो। तर, वामपन्थी सहकार्यको पक्षमा उर्लेको जनताको समर्थनको दुरुपयोग गर्दै उहाँले पार्टीमा बलमिच्याइँ गरिरहनुभयो’, प्रतिवेदनमा थप भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार