ओलीलाई साथ दिनेहरू दास हुन् : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि बताए ।

 

आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनकाे भनाइ छ । अ‍ाेलीले विधानविपरीत काम गर्दै अ‍ाएकाे उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे ।

 

“विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं ।  हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं,” नेता नेपालले भने ।

उनले ओलीको पक्षमा बहुमत नभए पनि को जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार