अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएको गीत युट्युवमा हिट

लण्डन । गायिकी अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएकी गीत युट्युबमा हिट भएको छ । नेपाली चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ बोलको गीत युट्युबमा हिट भएको हो ।

 

वीरविक्रमको टलटल टल्कने गीत युट्युबमा धेरै हेरिएको गीत भित्र मध्ये परेको छ । उक्त गीतलाई युट्युबमा १ करोड भन्दा बढि पटक हेरिएको छ । ‘टलटल्कने’ गीतमा अनिला राईसंगै राजेशपायल राईको स्वर रहेको छ । गीत यमन सुवेदीको रचना रहेको छ भने संगीत ताराप्रकाश लिम्बुको छ । मिलन चाम्सद्धारा निर्देशित उक्त चलचित्रमा नेपाली स्टार दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन । अनिला राईले दर्जनौं नेपाली आधुनिक गीतमा स्वर दिएपनि चलचित्रमा भने पहिलो पटक स्वर दिएकी थिइन ।

 

करोड क्लबमा प्रवेश गर्न सफल गीत ‘टलटल टल्कने’लाई ओएसआर डिजिटल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । टलटल टल्कने गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलिक गीत हो ।

 

गीत शुरुदेखि नै हिट हुन्छ भन्ने लागेको थियो । युट्यबमा धेरै हेरिएकाले पनि गीत सफल र हिट भयो भन्ने प्रमाणित भएको छ । गायिका अनिला राईले भनिन् –‘‘मेरो चलचित्रमा यो पहिलो स्वर हो । गीत हिट हुदाँ म प्रशन्न छु । तत्कालै चलचित्रमा स्वर नदिए पनि एल्बम निकाल्ने तयारीमा छु । आफ्नो एल्बमबाट दर्शक सामु आउने तयारीमा छु । ’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार