भोजपुरमा छायांकन गरिएको ‘दोख’ चलचित्र चाडै दर्शक सामु

निर्देशक अनुप बरालको निर्देशनमा निमार्ण भएको चलचित्र ‘दोख’ चाडै दर्शक सामु आउने भएको छ । छायांकन गर्दैगर्दा २०७२ सालको भुकम्पले अवरुद्ध गरेपछि त्यसको ठीक दुईबर्षपछि चलचित्र छायांकन गरिएको थियो ।

 

छायांकन गरेर पनि दर्शक सामु आउन नसकेको उक्त चलचित्र चाडै दर्शक सामु आउने भएको छ । भोजपुरको सुन्तलेमा छायांकन गरिएको उक्त चलचित्रको गीतको भिडियो र दृश्यहरु सार्वजानिक गरिएको छ ।
जनयुद्धको पृष्ठभूमीका विचमा यो चलचित्रले २ गाउँको कथा भन्छ । कटुपिटको बिषयमा दुई गाउँविच दुश्मनी बढेपछि उत्पन्न हुने समस्यामा यो चलचित्र अगाडि बढेको छ ।

 

शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो चलचित्रलाई राजन कठेतले लेखेका हुन् । यो चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

 

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार