नायिका दिशा पटानीको हट अवतारले हलचल ( फोटो सहित )

बलिउड अभिनेत्री दिशा पटानीले प्रेमी टाइगर श्राफसँग मालदिभ्समा आनन्द लिइरहेकी छिन् । यही क्रममा उनले बिकिनी लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

यो तस्वीरमा दिशा पटानी रातो बि-किनीमा देखिएकी छिन् । दिशाको उक्त तस्वीरमा टाइगर श्राफकी आमा आयशा श्राफले पनि प्रतिक्रिया दिएकी छिन् । आयशाले दिएको प्रतिक्रियाले सबैको ध्यान तानेको छ । प्रतिक्रियामा उनले दिशाको नाममा निकनेमको प्रयोग गरेकी छिन् ।

आयशाले दिशाको तस्वीरमा कमेन्ट दिदैँ लेखेकी छिन्, ‘वाह दिशु’ । दिशाको फोटोमा कमेन्ट गर्दै टाइगरको बहिनीले लेखेकी छिन्, ‘दिशा म तिमीसँग फेरी एकपटक तालिम गर्न धेरै उत्सुक छु ।’

 

दिशा पटानीलाई सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मा देखिन सकिनेछ । यस फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् । यसअगाडी केही भारतीय मिडियाले लकडाउनको अवधिभर दिशा टाइगरसँग घरमै बसेको दावी गरेका थिए ।

 

फिल्म ‘कबीर सिंह’ को सफलतापछि शाहिद कपूरलाई ठूला प्रोजेक्टका फिल्मबाट अफर आइरहेको छ । यतिबेला उनी शंशाक खेतानले निर्देशन गर्ने फिल्म ‘यो-द्धा’ का कारण चर्चामा छन । उक्त फिल्म करण जोहरले निर्माण गर्ने भएका छन् । खबरका अनुसार फिल्मको शीर्ष भूमिकामा महिला कलाकारको खोजी भइरहेको थियो । अब त्यो पूरा भएको छ । फिल्ममा दिशा पटानीले अभिनय गर्ने फाइनल भएको बताइएको छ । ‘यो द्धा’ मा शीर्ष भूमिकामा शाहिद कपूरले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा शाहिद र दिशाको जोडी देख्न सकिनेछ । यी दुवैले फिल्ममा योद्धाको भूमिका निभाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार