
चीनले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छिमेकी पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ।
चिनियाँ विदेशमन्त्रीले वाङ यीले बुधबार यसो भनेका हुन्। उनले हालै अफगानिस्तानमा विकासित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन्।
चिनियाँ विदेशमन्त्री यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताए।
बुधबार साँझ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरेसीबीच फोनवार्ता भएको थियो।
फोनवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताए।
उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए।
फोन वार्ताका क्रममा विदेशमन्त्री वाङ यीले भने, ‘चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउन सहयोग गर्नेछ। अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्नु हुँदैन।
तर अमेरिकाले आतंकवादीको संज्ञा दिँदै आएका तालिबानले गत आइतबार काबुललाई कब्जामा लिएका छन्। त्यसअघि तालिबानको एउटा टोली चीन पुगेर वार्ता गरेको थियो।
उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन्। काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ तालिबानका हतियारधारी लडाकले गस्ती गरिरहेका छन्।
अर्कातिर आफ्ना देश फर्किन चाहने विदेशी नागरिकले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भइरहेको छ।







