हट छु, अन्तरवार्ता लिने पुरुष नै आत्तिन्छन्

विश्वमा बेरोजगारी ठूलो समस्या हो । मानिस बेरोजगार हुनुका फरक फरक कारण हुन सक्छन् तर एक मोडलले आफू बेरोजगार हुनुको यस्तो अनौठो कारण बताएकी छिन् कि मानिसहरु सोच्न बाध्य भएका छन् । यी मोडलका अनुसार उनी यति सुन्दर र हट छिन् कि यही कारण उनले सामान्य जागिर पनि पाउन सकेकी छेनन् ।

डेली मिररको एक रिपोर्टअनुसार अमेरिकाको उत्तरी क्यारोलिनाकी ३२ वर्षीया एमी कुप्स नामकी एक मोडल १३–१४ वर्षका बालबालिकालाई पढाउने काम गर्थिन् । तर, जब ती बालबालिकाका अभिभावकलाई एमी ओन्लीफ्यान्स मोडल भएको थाहा भएपछि उनी यो जागिर छोड्न बाध्य हुनुपर्यो । एमीका अनुसार उनले यो काम छोडेपछि उनलाई सामान्य जागिर खोज्न पनि निकै कठिन भएको छ किनकि उनको सुन्दर लुकका कारण जागिरका लागि अन्तरवार्तामा समस्या आउँछ ।

एमीले भनिन् ‘यति हट हुनु सधैं मेरो लागि एक समस्या बनिरहेको छ । तर मलाई लाग्छ अब म आफैंमा यति आत्मविश्वासी भएकी छु कि म ती मनिसहरुलाई आत्तिने बनाउँछु जसले मेरो अन्तरवार्ता लिन्छन् ।’ एमीका अनुसार शिक्षिका बन्नुभन्दा पहिले उनी एक स्टोरमा जागिरको लागि अन्तरवार्ता दिन गएकी थिइन् । त्यहाँको म्यानेजरले उनलाई अफिसमा आउन भने । जब उनी अफिसमा गइन् म्यानेजरले उनको छाती र अनुहार घुरेर हेर्न थाले । उनको अनुहारमा पसिना थियो र उनी काँपिरहेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार