माधव नेपाल अस्पताल भर्ना

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

भाइरल ज्वरो र खोकीको कारण स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनी भर्ना भएका हुन ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको उनको नीजि सचिवालयले जनाएको छ । उनको उपचारमाअस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।

उनको पीसीआर रिपोर्ट भने नेगेटिभ रहेको नीजि सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार