‘‘किन हो, किन मिठो’’ बोलको गीत सार्वजानिक

लण्डन । गायक धनकिरण गुरुङ र गायिका दीपा लामा राईको स्वर रहेको ‘‘किन हो, किन मिठो’’ बोलको गीत सार्वजानिक भएको छ ।

 

लण्डनस्थित एक भब्य समारोहवीच गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले सार्वजानिक गरेका हुन । गीतको शब्द तथा संगीत पनि गायक धनकिरण गुरुङले गरेका छन । गीतको म्यूजिक भिडियोमा प्रतिभा नक्षत्र युकेका बिजेता मिस सुबृना लिम्बुले अभिनय गरेका छन । बेलायत लन्डन: डिजि प्रोडक्सन युकेद्वारा उत्पादित गीत रोमान्टिक लभ स्टोरी कथामा आधारित रहेको छ । म्युजिक भिडियोका निमार्ण श्रीमती अल्का गुरुङ गरेकी छिन ।

 

गीतको संगीत संयोजन सुरज प्रधान रहेको छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर प्रभु गुरुङले गरेका हुन । म्युजिक भिडियोको क्यामेरामा सुमन श्रेष्ठ, कलर ग्रेडिङ नबिन निरौला र मेकअप पुष्पा गुरुङले गरेका छन ।
म्युजिक भिडियोमा बेलायतका नयाँ पुस्ताका मोडल आशिक गुरुङ र सुबृना लिम्बुले डेब्यु गरेका हुन । आशिक गुरुङ कम्प्युटर इन्जिनियरिङ्ग र म्युजिक टेकनोलोजी अध्ययन सकेर डिजि प्रोड्क्सनका प्रबन्ध निर्देशक रुपको कलाकारितालाई अघि बढाइरहेका छ्न । प्रतिभा नक्षत्र युकेका बिजेता सुबृना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा चिकित्साशास्त्रमा अध्ययन गरिरहेकी छिन ।

 

उक्त म्युजिक भिडियोले फेरि पनि दर्शक र स्रोताको मन जित्ने बिश्वास गर्दै ’किन हो किन’ यहाँहरुमाझ पस्किएको कुरा निर्मात्री अल्का गुरुङ्ले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार