भोजपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  सिलिचुङ सम्बाददाता

 

प्रहरी नियन्त्रणमा लिईएका अभियुक्त शेर्पा । तश्विर

 

भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका ५, दोभानेमा श्रीमानले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दोभानेको बाक्सिन्दास्थित स्थानीय ४० वर्षिय फाराछेतर शेर्पाले ४० वर्षिया श्रीमती छोटि शेर्पाको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
गत मंगलबार घरायसी विवादमा शेर्पाले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्या गरी शेर्पा फरार भएपछि स्थानीयबासिन्दाले प्रहरी चौकी दोभानेमा सूचना दिएका थिए । भाग्दै गरेका अभियुक्त शेर्पालाई प्रहरी टोलीले दोभानेको बाखुबाट नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । अभियुक्त शेर्पालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार