
भोजपुर । पहिलोपटक रिसोर्टको अनुभव लिन साथिहरुसंग भोजपुर नगरपालिका ५ बोखिमका सन्तोष मगर ‘होङ्कु रिसोर्ट’ पुगे । शनिबार फुर्सद समय निकालेर रिसोर्ट पुगेका सन्तोषको थकान मथ्थर भयो । रिसोर्टमा पाहुनालाई गरिने सत्कार र स्वादिष्ट अग्र्यानिक खानेकुरा पाएर उनको ‘मुड फ्रेस’ बनायो । रिसोर्टको रमाईलो वातावरणले उनको हप्ताभरिको मानसिक बोझ पनि कम भयो ।
विशेषगरि एकसय नयाँ पर्यटकिय गन्तव्यमा सुचिकृत मुन्दुम पदमार्गको प्रबद्र्धनलाई टेवा दिँदै भोजपुरमा व्यवस्थित रिसोर्टको अपरिहार्यता महसुस गरेर भोजपुरबासी, आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय सत्कार र स्वाद पस्किने रिसोर्ट मुख्य आशय रहेको सञ्चालक भिम राई सुनाउँछन् ।
‘सुनेको र कल्पना गरेभन्दा एकदमै भिन्न, गाउँले स्वाद तर आधुनिक तरिकाको’ सन्तोषले अनुभव साटे, ‘साँच्चै त्यहाँको वातावरणले मुड नै फ्रेस गरायो’ भोजपुरका दुई युवा आफ्नो निजी लगानीमा गाउँमै रिसोर्ट खोलेका छन् । गाउँमै बसेर पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने भन्दै भोजपुर नगरपालिका १०, भैंसीपंखाका भिम राई र प्रदिप राईले ‘होङकु रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । गाउँमै व्यावसायिक उद्यम गर्ने सोचले उनीहरुले रिसोर्ट चलाएका हुन् ।
आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले रिसोर्ट सञ्चालनमा आएको हो । विशेषगरि एकसय नयाँ पर्यटकिय गन्तव्यमा सुचिकृत मुन्दुम पदमार्गको प्रबद्र्धनलाई टेवा दिँदै भोजपुरमा व्यवस्थित रिसोर्टको अपरिहार्यता महसुस गरेर भोजपुरबासी, आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय सत्कार र स्वाद पस्किने रिसोर्ट मुख्य आशय रहेको सञ्चालक भिम राई सुनाउँछन् । उनले भने, ‘स्थानीय श्रोतसाधनकै प्रयोग र आफ्नै लगानीमा पदमार्गको प्रबद्र्धनमा सहयोग पु¥याउने आशयले रिसोर्ट खोलेका छौँ’ करिब ९५ लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याईएको छ । रिसोर्ट खुलेसंगै आन्तरिक पर्यटकको पनि चहलपहलमा बृद्धि भएको छ ।
भोजपुर सदरमुकामदेखि करिब ५ किलोमिटर पूर्वमा अवस्थित रिसोर्टबाटै मुन्दुम पदमार्गको जिरोप्वाईन्ट सुरु भएको छ । विशेषगरि मुन्दुम पदमार्गको लामो यात्राबाट फर्किएका पर्यटकलाई लक्षित गरेर उक्त रिसोर्ट सञ्चालनमा ल्याईएको हो । पदमार्गको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनसंगै अग्र्यानिक स्वाद र सत्कार दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याईएको सञ्चालक प्रदिप राईले थपे । ‘हामी हाम्रै गाउँठाउँको स्वाद पस्केका छौँ’ उनले भने ।
पर्यटकीय प्रमुख पदमार्ग सुरुवात हुने संगम स्थलमै सञ्चालनमा ल्याईएको रिसोर्टमा अर्गानिक मिष्ठान्न परिकार र मिठो अतिथी सत्कारको आकर्षणले पछिल्लो समय आन्तरिक पर्यटकको मन लोभ्याएको छ । विश्रामका साथै स्थानीय परिकारको स्वाद लिन घुमघाम र पारिवारीक मनोरञ्जनका लागि आउने आगन्तुकको भिड हुन्छ । रिसोर्ट व्यावसायको प्रतिफलको राम्रो सम्भावना देखेका लागि पनि लगानी बढाएको सञ्चालक प्रदिप राईको भनाइ छ । उक्त रिसोर्टको संरचना करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको सञ्चालक राई बताउँछन् ।
स्थानीय गाउँस्तरमा व्यवस्थित रिसोर्ट सञ्चालनमा आएसंगै आनन्ददायी गन्तव्य बनेपछि भोजपुर नगरपालिका ५, बोखिमका प्रशिद्ध राई सुनाउँछन् । उनले थपे, ‘हाम्रो जस्तो दुर्गममा व्यवस्थित रिसोर्ट सञ्चालनमा आउनु भनेको आँफै खुशीको कुरा हो’ पर्यटकीय प्रच्यूर सम्भावना बोकेको भोजपुरमा व्यवस्थित र आरामदायी होमस्टे र होटललजको सुलभता नहुँदा पयर्टन खस्केको देखिन्छ । तर गाउँस्तरमै सुविधासम्पन्न होङ्कु रिसोर्ट सञ्चालन आउनुले पर्यटनको थप आकर्षण बढाएको छ ।








