पूर्व मिस नेपाल इशानीले गरिन् इन्गेजमेन्ट,

सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले विवाह गर्ने भएकी छन्। उद्योगपति तरुणप्रताप शाहसँग उनले विवाह गर्ने भएकी हुन्।

 

इशानीले सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ  सार्वजनिक गर्दै आगामी डिसेम्बर २१ तारिखका दिन आफूहरूले विवाह गर्ने जानकारी दिएकी छन्।

 

उनीहरूबीच सोमबार काठमाडौंस्थित पाँचतारे होटलमा इन्गेजमेन्ट भएको हो। उनले एउटा रोमान्टिक भिडिओ बनाएर आफ्नो फेसबुकमा राखेकी छन्।

 

तरुण व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा हुन्। तरुण सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेजका सञ्चालक हुन्।

 

पूर्व मिस नेपाल इशानीलाई विवाह गर्न लागेकामा साथी, आफन्त र शुभेच्छुकहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्। ​ इशानी सन् २०१३ को विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ट १० मा पुग्ने पहिलो नेपाली पनि हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार