कोभिड १९ विरुद्ध एकजुट हुन नेकपा एमाले भोजपुरको आव्हान

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । बढ्दो कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन भोजपुरबासी नागरिकलाई नेकपा एमाले भोजपुरले आग्रह गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नवगठित नेकपा एमाले भोजपुरले जिल्लास्थित सम्पूर्ण जिल्ला पार्टी कमिटि, जनवर्गीय संगठन र पार्टी सदस्यहरुलाई कोरोनाभाइरसविरुद्ध एकजुट भएर लाग्न आव्हान गरेको हो ।
गत पुष २३ र २४ गते सम्पन्न नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत कमिटिले आफ्ना कार्यकर्ता, सम्पूर्ण नागरिकलाई बढ्दो संक्रमण जोखिम न्यूनीकरणमा लागी पर्न आग्रह गरेको हो । नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईका अनुसार उक्त अधिवेशनमा सहभागी नेता तथा कार्यकर्तामा ओमिक्रोन कोरोना भाइरसको संक्रमण देखिएको र संक्रमितसंग सिधा सम्पर्कमा रहेका सम्पूर्णलाई सुरक्षित आव्हान गरिएको छ ।
कोेभिड १९ रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा ध्यानाकर्षण गर्दै नेकपा एमाले भोजपुरले आवश्यकता अनुसार व्यवस्थित आईसोलेसन र क्वारेन्टाईनको व्यवस्थापनका साथै समुदायस्तरमा परिक्षणको दायरा बढाउनुपर्ने माग गरेको छ । अध्यक्ष राईले नवनिर्वाचित सम्पूर्ण कमिटि सदस्य, पार्टि प्रतिनिधी, कार्यकर्ता, वडा, नगर समिति सदस्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार