काठमाडौं– सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार तोलामा २ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो पटक ०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४१५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ। युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग र मूल्य बढ्न गएको हो।