चर्चित उपन्यास ‘लु’ बाट बन्ने भयो फिल्म

उपन्यास ‘लू’ बाट फिल्म बन्ने भएको छ । कपि राइट समेत हस्तान्तरण भैसकेको उपन्यास ‘लु’ लाई लेखक नयनराज पाण्डेले लेखेका हुन्  ।  साथै फिल्मको कथा पनि उनकै रहने छ । कारो फिल्म्सका प्रबन्धक निर्देशक निशा खरेल र लेखकबिच उपन्यासको कपि राइट हस्तान्तरण गरिएको हो ।

 

नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृजना गरिनुका साथै आगामी दिनमा कारो फिल्म्सले नेपालमा उच्चस्तर र ठुलो बजेटको फिल्महरू निर्माण गर्ने प्रबन्धक निशाको भनाइ छ  । कारो फिल्म्स वेभ सिरिज र रियालिटी सोहरु निर्माण गर्ने योजनामा पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार