क्यारोलिना बनिन् विश्व सुन्दरी

काठमाडौं। यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन्। आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन्।

बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार