क्रिप्टोकरेन्सीको विज्ञापन गर्नेलाई कारवाहीको माग् गर्दै प्रियंका

आफू माथि क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआईबीले अनुसन्धान थालेपछि अभिनेत्री प्रियंका कार्कीले उजुरी दिएकी छन् । क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्बिर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै उजुरी हालेकी हुन् ।

 

सीआईबीले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको तस्बिर प्रयोग भएको देखेपछि उनलाई सोधपुछका लागि बोलाएको थियो । आफ्नो जानकारीबिना तस्बिर राखेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ । उक्त एपको विषयमा आफूलाई जानकारी नरहेको कार्कीले बताइन् । ‘मेरो साथै आफ्नो तस्बिर प्रयोग गरेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको र यस् देशमा जसले जे पनि गर्न पाउँछ के गर्ने ?’ भनेर उनले बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार