फिल्म ‘ह्रस्व–दीर्घ’ लाई नायिका निता ढुंगानाले निर्देशन नगर्ने भएकी छिन् । आफूले निर्देशन बाट हात झिक्दै निर्देशनको जिम्मा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई दिएकी छन् । सोमबार निर्माण कम्पनी र पन्तबिच लिखित सम्झौता भएको छ ।
निता फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा अब निता नायिका मात्रा हुने छिन् । उनको जोडी युवा ज्योतिष तथा शुभ लभ अभिनेता हरिहर अधिकारीसँग बाँधिएको छ । ७ करोड लागत अनुमान गरिएको फिल्मको छायांकन सेड्युल ८५ दिनको राखिएको छ भने यस फिल्मको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा गरिनेछ । निर्माण टिमले बलिउडको ठुलो प्रोडक्सन हाउससँग सहकार्यको प्रक्रिया चलाइरहेको र फिल्मलाई भारतबाट सञ्चालित प्रसिद्ध ओटिटी प्लेटफर्ममा रिलिज गर्ने तयारी समेत निर्माण टिमको रहेको छ ।
निर्माण टिमका अनुसार फिल्मको आगामी वर्षको असारपछि मात्रै फ्लोरमा जानेछ । भोजपुरी फिल्म निर्देशन गरिसकेका पन्त पहिलो पटक नेपाली सिनेमा निर्देशनमा डेव्यु गर्दै छन् ।