पलेशा गोवर्धन र सिर्जना घिसिङले एसियन पारा गेम्स खेल्ने निश्चित

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ केजी मुनी) का खेलाडीले खेल्ने निश्चित गरेको छ।

 

विश्व तेक्वान्दो महासंघको आजगतेको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं वरीयतामा र सिर्जना घिसिङ्गले विश्वको १० औं वरीयतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।

 

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन्।

 

प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार