युक्रेनलाई मात्र ध्यान दिनु‚ अश्वेतविरुद्धको पूर्वाग्रह : डब्ल्यूएचओ

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले युक्रेन युद्धमा मात्र ध्यान केन्द्रित गरेकोमा विश्व समुदायको आलोचना गरेका छन्। यसले अश्वेतहरूसँग जोडिएको संकटलाई शक्तिशाली देशले बेवास्ता गरेको आरोप लगाएका छन्।

 

 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदनोम गेब्रेयससले अश्वेतहरू पीडित भएको संकटलाई उत्तिकै महत्त्व नदिएको भन्दै आलोचना गरेका हुन्। शक्तिशाली पश्चिमा देशहरूले श्वेतहरूका बसोवास भएका देशको तुलनामा आफ्नो देश इथियोपिया लगायतका देशमा देखिएको संकटमा ध्यान नदिएको उनको कथन छ।

 

बुधवार जेनेभाबाट अनलाइन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डब्ल्यूएचओ प्रमुखले प्रश्न गरे, ‘के विश्वले साँच्चै श्वेत र अश्वेत मानिसहरूको जीवनलाई समान रूपमा ख्याल राख्छ?”

 

उनले इथियोपिया, यमन, अफगानिस्तान र सिरियामा देखिएका संकटलाई युक्रेन युद्धको तुलनामा विश्व समुदायले निकै कम महत्त्व दिएको बताए।

 

ती देशमा वर्षौंदेखि युद्ध चलिरहेको छ र करोडौँ मानिस भोकमरीले पीडित छन्। त्यसप्रति पश्चिमा शक्तिले कम चासो दिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार