
भारतीय मुलका वेलायती मध्ये आधाभन्दा बढीका पूर्वज गुजरातका छन् । गुजराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर पनि हो । त्यसैले उनी जोन्सनले गुजरातमा नै राजनीतिक तथा अन्य भेटघाट गर्ने छन् ।
गुजरातमा व्यापारिक समुदायका नेताहरुसँगको भेटमा उनले भारत र वेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्न छन् । गुजरातबाट जोन्सन शुक्रबार राजधानी नयाँ दिल्ली जाने छन् । जोन्सन र मोदीबीच दिल्लीमा नै भेट हुने छ ।







