सबैको नजर बलिउड स्टार किड्सको फिल्म डेब्युमा छ । अब सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर पनि बलिउडमा प्रवेश गर्न तयार छिन् । सारालाई सबैभन्दा लोकप्रिय स्टार किड्स मध्ये एक मानिन्छ। लुक्स र स्टाइलको साथमा साराको आकर्षक व्यक्तित्वलाई फ्यानहरुले निकै रुचाएका छन् । सारालाई मनोरञ्जन क्षेत्रमा विशेष रुचि छ ।
अब पछिल्लो समाचार अनुसार सारा बलिउडमा करियर बनाउन चाहन्छिन् र उनको फिल्ममा धेरै रुचि छ । बलिउड लाइफमा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा भनिएको छ– ‘सारा चाँडै नै बलिउडमा डेब्यु गर्न सक्छिन् । उनलाई अभिनयमा धेरै रुचि छ र उनले अभिनयका केही कक्षाहरू पनि लिएकी छिन् ।’ साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन अध्ययन गरेकी छिन् । तर, उनी ग्ल्यामरको दुनियामा करियर बनाउन चाहन्छिन् ।
स्रोतले थप्यो- ‘साराले आफ्नो अभिनय कौशलले दर्शकहरूलाई चकित पार्न सक्छिन्। उनी धेरै प्रतिभाशाली छिन् र उगका मातापिताले उनलाई हरेक निर्णयमा धेरै समर्थन गर्छन्।’ सारा पेशाले मोडल हुन् । उनका तस्विरहरूले प्रायः फ्यानहरूलाई पागल बनाउँछन्। केही समय अघि साराले शाहिद कपुरको अपोजिटमा बलिउडमा डेब्यु गर्न सक्ने खबर पनि आएको थियो । यद्यपी सचिनले आफ्नी छोरी अहिले पढाईमा ध्यान केन्द्रित गरिरहेको भन्दै यी खबरहरुको खण्डन गरेका थिए । अब फेरी एक पटक साराको बलिउड डेब्युको खबरहरु चर्चामा छन् । सारा बलिउडमा प्रवेश गर्छिन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।