विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ ।
मस्कले दुई हप्ता अघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए । ट्वीटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।