जिपलाइनदेखि क्यानोनिङसम्म पर्यटनकाे विकास गर्नेछौ : त्रिपुरासुन्दरीमा उपाध्याक्षकी उम्मेदवार लामा

  सिलिचुङ संवाददाता

काठमाडौं – सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार मिना लामाले गाउँपालिकाभित्र साहसिक खेल जिपलाइनदेखि क्यानोनिङसम्मको उचित गन्तव्यकाे विकास र विस्तार गर्ने बताएकी छन् । गाउँपालिका भित्र साना–ठुला धेरै झरना रहेकाले त्यसमा संम्भाव्यता अध्ययन गरी क्यानोनिङमा जोड दिन सकिने उनको भनाई छ ।

साहसिक खेलमध्ये जिपलाइनले अहिलेका युवापुस्तालाई आकर्षण गरिरहेको अवस्थामा गाउँपालिकाभित्र रहेका विभिन्न डाँडामा जिपलाइनको संम्भाव्यता अध्ययन गरी व्यवसायिकरणमा जोड दिइने उनले सुनाइन् । ‘साहसिक खेलको लागि कुस्मा एउटा उदाहरण हो, एउटै ठाउँमा बन्जी, जिपलाइनदेखि स्विङसम्म छन्, मेरो गाउँपालिकामा झरना पानी, डाँडाकाँडा भएकाले मिश्रणसहित साहसिक खेलमा जोड दिनेछु,’ उनले भनिन् ।

दोलखाको ऐतिहासिक र चर्चित कालिन्चोक मन्दिरसम्म पुग्ने बाटोलाई कालोपत्रे गरी आन्तरिक पर्यटनलाई बढावा दिने योजना छ । गाउँपालिकाभित्रै रहेको लट्टेश्वर महादेव मन्दिर, त्रिपुरासुन्दरी माईको मन्दिरलगायतलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गरिनेछ ।

यस्तै खाजिलुङको बुद्धपार्क, त्रिशुलडाँडा थप निर्माण गरी पर्यटकिय स्थलको रुपमा विकास गरिनेछ । गाउँपालिका र दोलखाको कालिञ्चोक गाउँपालिकाको बिचमा पर्ने डाङडुङे डाँडालाई चलचित्र नगरीको रुपमा विकास आन्तरिक पर्यटनलाई जोड दिनेछ । गाउँपालिकाभित्र होटल तथा होमस्टे सञ्चालनका लागि सहुलियत तथा आवश्यक व्यवस्था मिलाईनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार