
लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राईले बेलायतमा २८ मे मा सम्पन्न हुने साकेला उभौली भब्य रुपमा मनाउन सम्पुर्ण किरात राईहरुमा आब्हान गरेको छ । अध्यक्ष राईले एक भिडियो सन्देश जारी गर्दै भब्य र सभ्य रुपमा साकेला उभौली मनाउन बेलायत भरीका किरात राईहरुमा यस्तो आब्हान गरेको हो ।
अध्यक्ष राईले बेलायतभरीका राईहरुसंगै युरोपभरी छरिएर बसेका सम्पुर्ण किरात राईहरुलाई पनि भब्य रुपमा हर्षोउत्लासका साथ साकेला उभौली मनाउन उपस्थिती हुनका लागि अनुरोध गरेका छन ।
राईले उक्त साकेलामा आफ्नो पनि प्रत्यक्ष रुपमा उपस्थिती हुने बताउदै १६ मे मा किरात हाउस ग्याम्बल्सलेनमा हुने चुला पुजा कार्यक्रम र सामुहिक चुला पुजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा समेत उपस्थिती हुने जनाएका छन ।
अध्यक्ष राईले बेलायतभरी रहेका १३ वटा प्राकससंग पनि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
नेपाल आदीवासी जनजाति महासंघका केन्द्रीय महासचिव समेत रहेका राईले आदीवासी जनजाती महासंघले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको भिडियो सन्देशबाट जानकारी दिएको छ ।







