
सोनाक्षी सिन्हाको जीवनको सबैभन्दा ठूलो सपना साकार भएको छ । मिस्ट्रीम्यानसँगको इन्गेजमेन्टको खबरका बीच सोनाक्षीले आफ्नो नयाँ आर्टिफिसियल नेल ब्राण्ड लन्च गरेकी छिन् ।
उनले यो खुसीको खबर इन्स्टाग्राममा फ्यानलाई दिएकी हुन् । सोनाक्षीले सोइजी (SOEZI) नामक आर्टिफिसियल नेल ब्राण्ड सुरु गरेकी छिन् । यससँगै सोनाक्षी अब अभिनयसँगै व्यवसाय सम्हाल्ने अभिनेत्री बनेकी छिन् ।
केही समयअघि सोनाक्षी सिन्हा एक मिस्ट्री म्यानसँग उनको इन्गेजमेन्टको औंठी फ्ल्यान्ट गरिरहेकी थिइन् । तर, वास्तविकतामा सोनाक्षीले आफ्नो नेल ब्राण्डको प्रचार गरिरहेकी थिइन्, इन्गेजमेन्ट रिङको होइन । विवाहको खबरमा सोनाक्षीले केही भनेकी छैनन् तर उनले सोइजीको बारेमा पोस्ट सेयर गरेर सबैलाई चकित पारेकी छिन् ।






