पौवादुङमा गाउँपालिकामा एमालेका किरण राई अग्रता

भोजपुर । जिल्लाको पुर्वी पौवादुङमा गाउँपालिकामा नेकपा एमालेका किरण राईले अग्रता हासिल गरेको छ । पछिल्लो जानकारी अनुसार वडा नं १ श्यामशिलाको मत गणना गर्दा प्रमुखमा एमालेका किरण राई र उपप्रमुखमा कांगे्रेसका रामकुमारी राईले अग्रता राखेको छ ।

 

जसअनुसार प्रमुखमा किरण राईले २ सय ८ उपप्रमुखमा जोसना राईले १ सय ८८ र प्रमुखमा कांग्रेसका टेकनाथ कार्की १ सय ९६, उपप्रमुखमा १ सय ९८ रहेको छ । प्रमुखमा माओवादी केन्द्रका शैलेन्द्र भुजेलले १ सय २५ र उपप्रमुख सम्झाना राईले १ स य ५३ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार